फागुन २५ गते २०८२ --:--:--
मेनु

गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना

मेरो आर्थिक मेरो आर्थिक मंसिर १ गते २०८० ८:०८ AM
गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको जीब बिहीबार दुर्घटनामा परेको हो ।

प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ ।

उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?