Skip to content
logo
भाद्र २२ गते २०८१ समयः

महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै नौबहिनी

मेरो आर्थिक
मेरो आर्थिक
असार १८ गते २०८१
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै नौबहिनी

 प्युठान। लोप हुँदै गइरहेको परम्परागत र मौलिक बाजाको संरक्षणका लागि नौबहिनी गाउँपालिकाले महिलाहरुलाई बाजा बजाउने सीप प्रदान गरेको छ। 

नौबहिनी गाउँपालिका-८, लुप्लुङ्ग स्थित संघर्षशिल स्वास्थ्य आमा समुह र प्रगतिशील स्वास्थ्य आमा समुह यस्तै नौबहिनी गाउँपालिका-४, स्थित प्रगतिशील आमा समूह र दिदिबहिनी आमा समुहका लागी १५ दिने पञ्चेबाजा बजाउने तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

पुरुष मात्र होइन, महिला पनि अवसर पाए हरेक काममा सक्षम हुन्छन् भन्ने उदाहरण दिनका लागि महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए ।

समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको तर्फबाट भविराम परियार र लाल बहादुर परियारले प्रशिक्षण दिएका थियो भने प्रिया थापा र गौमती रोका मगरले सहजीकरण गरेकी थिईन ।

नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग तथा समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको प्राविधिक सहयोगमा गत असार ३ गतेदेखि सञ्चालन भएको कार्यक्रमको आज समापन भएको छ । नौबहिनी गाउँपालिकाले दुई सेट बाजाका सामग्री समेत सहयोग गरेको छ ।

Add a new comment