Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

संविधान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले रक्तदान कार्यक्रम गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २ गते २०८१
संविधान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले रक्तदान कार्यक्रम गर्ने

मेरो आर्थिक, २ असोज, प्युठान। देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो ।
नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
उक्त समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।संविधान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले रक्तदान कार्यक्रम गर्ने भएको छ।बिहिबार बिहान ८ बजे गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम आयोजना गर्ने कार्यालयले जनाएको छ।
यसै सन्दर्भमा माण्डवी गाउँपालिकाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता जिल्ला शाखा प्युठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने माण्डवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए। रगत अभावमा कसैको पनि ज्यान गुम्न नदिने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेको अधिकृत पाण्डेको भनाई छ।

Add a new comment