प्रदेश सभा खारेज गर्न अनुरोध गर्ने प्रस्ताव धुलिखेलको नगरसभाबाट पारित : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

प्रदेश सभा खारेज गर्न अनुरोध गर्ने प्रस्ताव धुलिखेलको नगरसभाबाट पारित

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८२

काभ्रे । धुलिखेल नगरपालिकाको नगरसभा अधिवेशनले प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ ।

विहिबार सम्पन्न नगरसभामा नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष अर्जुन न्यौपानेले पेस गरेको प्रदेश खारेज अनुरोध सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको  नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिएका छन् । उनले भनेका छन्- ‘धुलिखेल नगरको १७औं अधिबेशनबाट ‘प्रदेशसभा खारेज गर्न सरकारलाई अनुरोध गर्ने’ भन्ने सभा सदस्य अर्जुन न्यौपानेको प्रस्ताब सर्वसम्मतीले पारित भएको छ ।’ 

धुलिखेल नगरपालिकाले गरेको यस निर्णयले संबिधानले गरेको व्यवस्थामाथि सुधारको सन्देस दिएको र अब यसमा नयाँ बहस शुरु हुने विश्लेषण गरिएको छ । 

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सभा सदस्यहरूको पूर्ण उपस्थिति र सर्वसहमतिमा पारित सो निर्णयलाई स्थानीय तहबाट उठाइएको गम्भीर नीतिगत सन्देशको रूपमा लिइएको छ । 

वर्तमान सङ्घीय संरचनामा देखिएको कार्यक्षमता, जवाफदेहिता, र लागतसम्बन्धी बहसबिच आएको धुलिखेल नगरपालिकाको यो निर्णयले प्रदेश तहको औचित्य तथा सुधारको आवश्यकता विषयमा राष्ट्रिय तहमा पुनः बहस सुरू गर्ने देखिएको छ ।

धुलिखेल नगरपालिकामा सत्तारुद दल नेकपा एमाले मेयर, उपमेयरसहित वहुमत वडामा विजयी भएको थियो ।

एभरेष्ट न्यूज एजेन्सी,

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?