फागुन २५ गते २०८२ --:--:--
मेनु

इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२ ६:५९ AM
इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।

अपराह्न ४ बजेतिर रोङ गाउँपालिका–३, पाथलेडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का २६ वर्षे मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका ८ की २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का ३३ वर्षे नितेश बुढाथोकी प्रहरी नियन्त्रणमा छन् ।

गम्भीर घाइते दुवैलाई झापाको बिएन्डसी अस्पताल लगिएको र उपचारक्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?