इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।
अपराह्न ४ बजेतिर रोङ गाउँपालिका–३, पाथलेडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का २६ वर्षे मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका ८ की २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का ३३ वर्षे नितेश बुढाथोकी प्रहरी नियन्त्रणमा छन् ।
गम्भीर घाइते दुवैलाई झापाको बिएन्डसी अस्पताल लगिएको र उपचारक्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले बताए ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%