फागुन २५ गते २०८२ --:--:--
मेनु

इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल उद्घाटन

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८२ ९:५० PM
इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल उद्घाटन

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल आज उद्घाटन गरेका छन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे भने बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?