माघ २१ गते २०८२ --:--:--
मेनु

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८१ ८:३९ AM

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक भएको छ । पार्टी लभर लक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ । गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ ।

गितमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालका अनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गर्नु भएको छ ।

अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्धाखाँचीका गायक भुषाल हाल अमेरिकामा हुनुहुन्छ । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन ।

Responsive YouTube Embed

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?