Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २० गते २०८०
सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय

सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।

Add a new comment