फागुन १९ गते २०८२ --:--:--
मेनु

एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ

मेरो आर्थिक मेरो आर्थिक वैशाख २१ गते २०८० २:५२ PM
एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । नक्कली भुटानी शरणार्थीलाई परिचय पत्र दिलाउन संगठितरुपमा करोडौँको ठगी गरेको आरोपमा रायमाझी बुधबार पक्राउ परेका हुन् ।

उनलाई बिहीबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गरिएको हो । अदालतमा प्रहरीले उनलाई हातमा हतकडी लगाएरै पुर्‍याएको थियो । अदालतले आजै उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?