Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २९ गते २०८०
विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार

चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको जनाइएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चैत मसान्त सम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रु. नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो । गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव ५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो ।

Add a new comment