Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा पुस्तक प्रकाशन

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ३१ गते २०८०
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा पुस्तक प्रकाशन

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्दै पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) नामक पुस्तक प्रकाशित गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

ललितपुरमा रहेको लोकसाहित्य परिषद् बखुंबहालले स्व. जोशीको १०४ औं जन्मदिनको अवसर पारेर २७ वैशाखमा उक्त पुस्तक सार्वजनिक गरिएको छ ।

Add a new comment