फागुन १९ गते २०८२ --:--:--
मेनु

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा पुस्तक प्रकाशन

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३१ गते २०८० १:०६ PM
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा पुस्तक प्रकाशन

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्दै पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) नामक पुस्तक प्रकाशित गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

ललितपुरमा रहेको लोकसाहित्य परिषद् बखुंबहालले स्व. जोशीको १०४ औं जन्मदिनको अवसर पारेर २७ वैशाखमा उक्त पुस्तक सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?