Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

२०८०/८१ को १७ खर्ब ५१ अर्बको बजेट

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १५ गते २०८०
२०८०/८१ को १७ खर्ब ५१ अर्बको बजेट

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमार्फत अर्थमन्त्री डा.महतले आगामी वर्षका लागि साढे १७ खर्ब रुपैयाँको बजेट ल्याएका हुन् ।

यो बजेटमार्फत अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेका छन् । गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । गत वर्षको बजेटभन्दा ४२ अर्ब रुपैयाँ घटाएर डा.महतले आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

Add a new comment