Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

राजश्व प्रशासनमा सुधारको प्रयास

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १५ गते २०८०
राजश्व प्रशासनमा सुधारको प्रयास

सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार गर्ने नीति लिएको छ । आगामी वर्षको बजेट घोषणमार्फत सरकारले कर प्रशासनमा स्वच्छ, पारदर्शी, प्रविधिमैत्री, व्यवसायीक र करदातामैत्री बनाउने घोषणा भएको हो ।

यसका लागि कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा आबद्ध गर्दै लैजाने नीतिअनुरूप सबै करदातालाई क्युआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ । भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाई भन्सार जाँचपास प्रणालीलाई सरल र पारदर्शी बनाउनले लक्ष्य समेत सरकारले लिएको छ ।

Add a new comment