Skip to content
logo
असाेज ३ गते २०८१ समयः

प्रधानमन्त्री भारत भ्रमण पुरा गरी स्वदेश फर्किए

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २० गते २०८०
प्रधानमन्त्री भारत भ्रमण पुरा गरी स्वदेश फर्किए

भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् ।

विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण भनेको बताए ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताए । उनले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत बताए ।

Add a new comment