करको दर चलखेल आरोप आधारहीन: अर्थमन्त्री डा. महत

मेरो आर्थिक
जेठ २३ गते २०८०
समयः १०:२७ pm

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।
१४ गते राती अनधिकृत व्यक्ति प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ मन्त्री महतले भने, ‘त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ । फेरि सदनमार्फत उठेका विषयलाई समेत बुँदागतरुपमा प्रष्ट पार्न चाहन्छु ।’
अर्थमन्त्री भने, बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्नेगर्छ । आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ ।
‘यही व्यवस्था अनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल गर्यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्र रुपमा आधार सहित करका दर तय गरिएको छ ।’