फागुन १९ गते २०८२ --:--:--
मेनु

८ तिर्थयात्रीको कार दुर्घटनमा परी निधन

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८० ५:३३ PM
८ तिर्थयात्रीको कार दुर्घटनमा परी निधन

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्किइरहेका तीर्थयात्री चढेको कार दुर्घटना भएको छ । उक्त कारमा सवार ८ जनाको निधन भएको छ ।

मृतकहरू लमही-५ बस्ने २ जना महिला, २ जना पुरुष र ४ बालबालिका रहेका छन् । लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेको हो ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिएको थियो । हालसम्म चालक तारा कुमाल बाहेक अन्यको परिचय खुलिसकेको छैन ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?