फागुन १९ गते २०८२ --:--:--
मेनु

पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घट्यो

मेरो आर्थिक मेरो आर्थिक असार २ गते २०८० ५:०८ PM
पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घट्यो

नेपाल सरकारले राहदानी (पासपोर्ट) बनाउँदा लाग्ने दस्तुर घटाएको छ । मन्त्रिपरिषदको जेठ २४ गतेको निणर्यअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो ।

मन्त्रिपरिषदको निणर्य जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएकोले असार ३ गते आइतबारदेखि लागू हुनेगरी राहदानी दस्तुर घटाईएको हो ।

यसअघि ६६ पृष्ठको राहदानी लिदाँ १० हजार रूपैयाँ र ३४ पृष्ठको लिदाँ ५ हजार रुपयाँ तिर्नुपर्ने थियो । अब ५ हजार रूपैयाँ मात्र तिरे पछि ६६ पृष्ठको राहदानी पाउने भएको हो । साथै राहदानी सम्बन्धी अन्य व्यवस्था भने पूर्ववत् रहेको जनाएको छ ।

राहदानी विभागले सोही व्यवस्था अनुसार दस्तुर लिन विदेश स्थित सबै नेपाली नियोगहरू, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू र राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरूलाइ निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?