नेपाल अनलाइन बिजनेस एसोसिएसनले विधेयक संशोधन गर्न माग गरेको छ । एसोसिएसनको एक प्रतिनिधिमण्डलले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर प्रतिकूल प्रावाधान सच्चाउन माग राखेको हो ।
एसोसिएनका अध्यक्ष नवराज भण्डारी नेतृत्वको प्रतिनिधि मण्डलले सो विधेयकका विभिन्न १३ विषय संशोधन गर्न माग गरेको छ । अनलाइन व्यवसायलाई व्यवस्थित गर्नेगरी नयाँ कानुन ल्याइन लागेकोमा स्वागत गर्दै केही प्रावधान सच्चाउन आबश्यक रहेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले बुझाएको ज्ञापनपत्रमा प्रस्तावित विधेयकमा विद्यूतीय प्लेटफर्मको परिभाषामा समाजिक सञ्जाललाई पनि समावेश गर्न आग्रह गरिएको छ । अनलाइन कारोबारको महत्वपूर्ण र अभिन्न अंग सामाजिक सञ्जाल रहने भएकाले यसलाई समावेश गर्नुपर्ने माग गरेको छ ।
व्यवसायीहरूसँगको छलफल पश्चात मन्त्री रिजालले एसोसिएसनको माग सकारात्मक रहेको बताउनु भएको छ ।













