फागुन १९ गते २०८२ --:--:--
मेनु

१०० किलो सुन गालेको हेर्न पाइने

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८० ५:०२ PM
१०० किलो सुन गालेको हेर्न पाइने

त्रिभुवन विमानस्थलको भन्सार छलेर सिनामंगलबाट बरामद भएको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण हेर्न पाइने भएको छ । साउन २ गते, हङकङबाट स्कुटरको ‘ब्रेक शु’मा लुकाएर सुन ल्याइएको थियो । सोहि सुन ब्रेक शुबाट छुट्याएर पक्का गरिने प्रक्रिया अब सर्वसाधारणले पनि प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका हुन् ।

सुन तस्करी प्रकरणकाबारेमा सबै जानकारी तथा सूचना टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत दिइने तयारी भइरहेको छ । राजस्व अनुसन्धान विभागले सुन गालेको सबै प्रकृयाबारे जानकारी दिन प्रत्यक्ष प्रसारण गर्ने तयारीमा लागेको जनाएको छ ।

‘ब्रेक शु’बाट सुन अलग गराउने प्रकृया प्रत्यक्ष प्रसारण गर्नका लागि राजस्व विभागले नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग प्रस्ताव राखेको छ । यद्धपी इटली भ्रमणमा रहेका प्रधानमन्त्रीको नेपाल फिर्ता भएपछि मात्र यसबारेमा छलफल हुने र सुन गाल्ने तयारी सुरू हुने जनाइएको छ ।

हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?