नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्।
बुटवल शाखाका मनीष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली, बुटवलकै कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, मुद्दा शाखाका दीपक विष्ट छन् ।
नक्कली प्रमाणपत्र छानिबन गरिरहेको काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई रुपन्देहीबाट प्रक्राउ गरेको हो ।













