भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिए पछि उक्त दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक(अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् ।
नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरो, बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।













