Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

काठमाडौंका विभिन्न स्थानमा भोलि विद्युत् अवरूद्ध हुने

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र १ गते २०८०
काठमाडौंका विभिन्न स्थानमा भोलि विद्युत् अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा भोलि विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंका ८ स्थानमा विद्युत सेवा प्रभावित हुने जानकारी दिएको हो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा संचालित अन्तर्गत टेकु सबस्टेसन स्तरोन्नति गरेर टेकूदेखि स्यूचाटार ६६ के.भी मा चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । प्रथम चरणको सब्सेटन निर्माण भइरहेकाले स्यूचाटार सब्सटेसनको विद्यमान १३२ के.भी. मूख्य बसबार विस्तार गरेपछि १३२ के.भी. वेमा उडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेशनबाट आर्पूि भइरहेको छ जसकारण विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

भोली बिहान १० देखि दिउँसो ३ बजेसम्म सीतापाइला फिडर अन्तर्गत रहेको बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स,अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा,सिंगल ट्री, इचंगु नारायण मन्दिरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

यसैगरी, बाफल फिडरको बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ,बारुदखाना र बलम्बु अन्तर्गत बलम्बु, ढुंगे अड्डा, नैकाप, सतुंगल,बोलीगाउँ लगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति अवरुद्ध हुनेछ।

थानकोट सहितका खड्का गाउँ फिडरको सालिक चोक, एलआरआई, न्यू डाईमण्ड, पुरानो नैकाप, फुटबल ग्राउण्ड, सिर्जना चोक, इन्द्रथान गुर्जधारा, हिल भिजन कोलोनी तथा हुलनटार अन्तर्गतको पाटीचोक, गौतम गाउँ, हुलनटार, गोदामथोक, रामकोट, भीमढुंगा, छत्रे देउरालीमा पनि विद्युत प्रभावित हुनेछ ।

यसैगरी, कलंकी र कालीमाटीको मालपोत,खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, लिंक मार्ग, ट्याङ्लाफाँट, कुलेश्वर, कीर्तिपुर बजार, मैत्रीनगर,बाघ भैरव मन्दिर इलाका र पांगा दोबाटो लगायतका क्षेत्रमा समेत विद्युत अवरुद्ध हुनेछ। प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न भएमा लाइन सूचारु गरिने जनाएको छ ।

Add a new comment