फागुन १९ गते २०८२ --:--:--
मेनु

काठमाडौँ महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३ गते २०८० १:०१ PM
काठमाडौँ महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने

काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ।

महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ। सङ्घीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि दुर्गम बाहेकलाई दैनिक १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ।

दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ। कामपाले १५ रुपियाँ थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?