फागुन १९ गते २०८२ --:--:--
मेनु

हिन्दु समर्थकले धरानमा प्रदर्शन आह्वान, प्रशासनद्धारा निषेधाज्ञा जारी 

मेरो आर्थिक मेरो आर्थिक भाद्र ८ गते २०८० ५:४४ PM
हिन्दु समर्थकले धरानमा प्रदर्शन आह्वान, प्रशासनद्धारा निषेधाज्ञा जारी 

स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
सूचनाः

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?