फागुन १९ गते २०८२ --:--:--
मेनु

ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८० ७:४६ AM
ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

आइतबार बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । गत साता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको हो ।

ललितानिवासको जग्गा सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?