Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

भारतद्वारा बास्मती चामल निर्यातमा रोक, उसिना चामलमा २०% कर

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र ११ गते २०८०
भारतद्वारा बास्मती चामल निर्यातमा रोक, उसिना चामलमा २०% कर

शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लगाएको छ । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार उसिना चामलमा कर लगाउने निर्णय गरेको जनाएको हो ।

यस अघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो । स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ ।

यता नेपाली ब्यापारीले भने चामलको मुल्य बढेको हल्ला चल्दा पहिले नैं दाम बढाएको पाइएको छ । पुरानो स्टकमा दाम बृद्धि गर्नु उपभोक्तको हित बिपरीत भएको सरोकारवालाहरुको दावी छ । एकातिर भारतको नयाँ–नयाँ निर्णय र अर्को तिर ब्यापारीको मनोमानी तथा सरोकारवालाको कमजोर नियमनले सर्वसाधारणको ढाड सेक्ने अनुमान धेरैको छ ।

Add a new comment