विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।
ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ ।
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ ।
यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै पुगेन ।













