फागुन २० गते २०८२ --:--:--
मेनु

‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थप

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८० ९:२० PM
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थप

पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको हो ।

अब असोज ६ गते शनिबारदेखि १० गते वुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो । खोप २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?