फागुन २० गते २०८२ --:--:--
मेनु

फर्निचर एक्स्पोको तयारी पुरा, आज अपुर्तीमन्त्रीले उद्घाटन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज १० गते २०८० ८:१८ AM
फर्निचर एक्स्पोको तयारी पुरा, आज अपुर्तीमन्त्रीले उद्घाटन गर्ने

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को सबै तयारी पुरा भएको छ । “के हामी आत्मनिर्भर छौं ?” भन्ने थिममा आयोजना हुन लागेको एक्स्पोको सबै तयारी पुरा भएको फर्नेक्स नेपालले जनाएको छ ।

आज अर्थात् असोज १० गते बुधबार १ बजे एक्स्पोको उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्ने भएका छन् ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।

“के हामी आत्मनिर्भर छौं ?” भन्ने मुख्य नारा सहित प्रदर्शनी आयोजना हुने जनाइएको छ । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?