राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पबाट भएको के कति क्षतिभयो विवरण नआइसकेको अवस्था छ । भूकम्पको धक्का धादिङ, काठमाडौं, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुश भएको थियो ।













