फागुन १९ गते २०८२ --:--:--
मेनु

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ५ गते २०८० ९:०३ AM
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । त्यहाँ स्थित नेपाली दुताबासका अनुसार आज बिहान शव ल्याइने भएको हो ।

आज बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइने बताइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायल स्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरी गरी चार जनाको शब नेपाल पठाएको दूतावासले जनाएको छ ।

काठमाडौं आइपुगे लगत्तै शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ । अहिले त्रिभुवन बिमान स्थलमा शव बुभ्mने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?