Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १० गते २०८०
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

उत्तरी छिमेकी मुलुक चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज अर्थात वि.सं. कार्तिक १०, २०८० का दिन बिहान सांघाईमा निधन भएको खवर प्राप्त भएको छ। लीको हृदयाघातका कारण निधन भएको जनाइएको हो ।

उनी चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका थिए । सांघाईमा स्थित घरमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको र उपचार गर्दा पनि उहाँलाई जिवित राख्न असम्भव भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Add a new comment