माघ २२ गते २०८२ --:--:--
मेनु

आईसीसी टी-२० विश्वकप क्रिकेटः नेपाल र सिंगापुरबीच प्रतिष्पर्धा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १३ गते २०८० ९:१५ AM
आईसीसी टी-२० विश्वकप क्रिकेटः नेपाल र सिंगापुरबीच प्रतिष्पर्धा

अहिले नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदैछ । बिहान नौं बजे शुरु भएको खेलमा सिंगापुरले एक विकेट गुमाइसकेको छ ।

यो खेल आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?