आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङ दिएको हो ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।
नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् । टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।
मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका हुन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।













