फागुन १९ गते २०८२ --:--:--
मेनु

विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८० १२:४६ PM
विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

युएईले लेपाललाई १३५ रनको लक्ष्य दिएको छ । आज नेपाल र यूएईबिचको सेमिफाइनल खेल नेपाली समयअनुसार, विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु भएको थियो ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६, अलिसान सराफुले १६ र आसिफ खानले १३ रन जोडे ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए । मल्लले जम्मा ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका हुन् । अन्तिम ओभरमा उनल् जम्मा ५ रन खर्चेर २ विकेट लिएका थिए ।

टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले टस जितेर पहिले ब्याटिङको निणर्य लिएको थियो । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गरेको छ ।

नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुने छन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?