फागुन १९ गते २०८२ --:--:--
मेनु

नेपालको पश्चिमी जिल्लामा शुक्रबार भूकम्प, मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १८ गते २०८० ७:०४ AM
नेपालको पश्चिमी जिल्लामा शुक्रबार भूकम्प, मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

शुक्रबार नेपालको पश्चिमी जिल्लामा राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट, रामे डाँडा केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार हाल सम्म भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । भूकम्पमा परी कम्तीमा १०० जना भन्दा बढी घाइते भएका छन् । भूकम्पपछि सुख्खा पहिरोले बाटो अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको बताइएको छ ।

भुकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको हो। भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन गरिएको छ ।

भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको जनाइएको छ । हाल सम्म क्षति नभएको घर नरहेको बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?