फागुन १९ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १८ गते २०८० ७:११ AM
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

जाजरकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको जनाइएको छ । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ। सुख्खा पहिरोका कारण केही सडकहरू बन्द भएका छन्। बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुने सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?