Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १८ गते २०८०
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ र रुकुम पश्चिममा २८ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

त्यस्तै गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको जनाइएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको बताइएको हो । उनी गत स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

Add a new comment