माघ २२ गते २०८२ --:--:--
मेनु

टी–२० विश्वकप छनोट चरणको फाइनल खेल आज, नेपाल र ओमान भिड्दै

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १९ गते २०८० ७:४९ AM
टी–२० विश्वकप छनोट चरणको फाइनल खेल आज, नेपाल र ओमान भिड्दै

ईसीसी टी–२० विश्वकप छनोट चरणको फाइनल खेल आज हुने भएको छ । उक्त खेलमा नेपालले आज ओमानको सामना गर्नेछ ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?