Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

इलामको किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना, २ जनाको मृत्यु

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ४ गते २०८०
इलामको किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना, २ जनाको मृत्यु

इलामको रोङ गाउँपालिकाको किटेनी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको बस आइतबार दुर्घटनामा परेको हो ।

शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका ३, कोलबुङमा दुर्घटना भएको थियो ।

कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी धनुषाधाम नगरपालिका ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० बर्षकी महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

Add a new comment