Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

माइतीघरपछि शीतल निवास र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ६ गते २०८०
माइतीघरपछि शीतल निवास र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति निवास, शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले बिज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको काठमाडौं प्रशासनले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको हो ।

यस्तै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो ।

मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Add a new comment