अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँचजना पक्राउ
मेरो आर्थिक
मंसिर १२ गते २०८०
समयः ७:५० am
सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । एकजनाको नाम भने गोप्य राखिएको छ । उनीमाथि भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेको र त्यसकै आधारमा उनीहरूलाई इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।