फागुन १९ गते २०८२ --:--:--
मेनु

पेट्रोलियम पदार्थको मुल्य समायोजन, आजबाट घटेको मुल्यमा पाइने

मेरो आर्थिक मेरो आर्थिक मंसिर ३० गते २०८० ९:१० AM
पेट्रोलियम पदार्थको मुल्य समायोजन, आजबाट घटेको मुल्यमा पाइने

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा समायोजन गरेको छ । निगमले नयाँ लागु हुने मुल्य अनुसार प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।

समायोजन पश्चात् काठमाडौंमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३।०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।
निगमद्वारा जारी बिज्ञप्ति हेर्नुहोला :

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?