Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

पेट्रोलियम पदार्थको मुल्य समायोजन, आजबाट घटेको मुल्यमा पाइने

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ३० गते २०८०
पेट्रोलियम पदार्थको मुल्य समायोजन, आजबाट घटेको मुल्यमा पाइने

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा समायोजन गरेको छ । निगमले नयाँ लागु हुने मुल्य अनुसार प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।

समायोजन पश्चात् काठमाडौंमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३।०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।
निगमद्वारा जारी बिज्ञप्ति हेर्नुहोला :

Add a new comment