फागुन १९ गते २०८२ --:--:--
मेनु

जुम्लामा तापक्रम -०.५, देशभर वर्षा र हिमपात हुने

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८० १:५४ PM
जुम्लामा तापक्रम -०.५, देशभर वर्षा र हिमपात हुने

बिहीबार देशभर अत्याधिक चिसो बढ्नुका साथै विभिन्न स्थानमा हिमपात भइरहेको छ । हिमाली भेगका विभिन्न स्थानहरुमा हिउँ परेको छ जसमा हुम्ला, जुम्ला, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वका केहि स्थानमा रहेका छन् ।

जुम्लामा बिहिबार बिहानैदेखि भइरहेको हिमपातले गर्दा जिल्ला सदरमुकाम लगायत जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । जुम्लाको न्यूनतम तापक्रम -०.५ डिग्री सेल्सियस रहेको छ । अध्याधिक चिसो बढेकोले जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस वर्षको हिउँदे वर्षा तथा हिमपातमा ढिलाइ भएतापनि पानी परेकाले कृषकहरू भने वर्षाका कारण खुशी भएका छन् ।

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ। यसकासाथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

बिहीबारको काठमाडौको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले आज बिहान मापन गरेको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ ।

हिमाली भेगमा भइरहेको बाक्लो हिमपातका कारण सो क्षेत्र तथा पहाडी क्षेत्रमा पनि चिसोमा अध्याधिक वृद्धि भएको छ । यस समयमा आवश्यकता भन्दा बाहेक हिडडुल नगर्न र गर्नै परे चिसोबाट बच्ने उपायहरु अवलम्बन गर्न महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?