Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

चितवन राष्ट्रिय निकुञ्जका दुई गैँडालाई आन्तरिक स्थानान्तरण

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ४ गते २०८०
चितवन राष्ट्रिय निकुञ्जका दुई गैँडालाई आन्तरिक स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैँडालाई आन्तरिक स्थानान्तरण गरिएको छ । गैंडालाई पश्चिमबाट निकुञ्जको पूर्वी क्षेत्रमा सारिएको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापुर)को दिव्यपुरी पोष्ट नजिकैबाट शनिबार निकुञ्जको पूर्वी क्षेत्रको कुचकुचे क्षेत्रको भित्री भागबाट एउटा भाले गैँडा ल्याइएको अनुमानित १७ वर्षीय भाले गैँडालाई दिव्य मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो । राप्ती नदीको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

यसअघि शुक्रबार पूर्व नवलपुरको कावासोती क्षेत्रबाट गैंडा ल्याइएको थियो । करिब २८ वर्षको भाले गैँडा पूर्वमा कसराबाट छाडिएको हो । यो गैंडा मानव बस्तीमा आएर समस्या निम्त्याउने गर्दथ्यो ।

निकुञ्जको पश्चिमी भागमा गैँडाको सङ्ख्या बढेसँगै केहीलाई आन्तरिक रुपमा निकुञ्जको पूर्वी भागमा सारिने भएको छ ।

गैंडा स्थानान्तरणका लागि हात्ती, हात्ती माहुत, प्राविधिक, कर्मचारी, नेपाली सेनासहित ६० जना खटिएका थिए । निकुञ्जले अहिले ६ वटा गैंडा भित्र्याउने तयारी गरिरहेको छ । आठ वर्षभन्दा माथिका गैँडा हस्तान्तरण गरिने तिवारीले बताए ।

पछिल्लो गणना अनुसार नेपालमा ७५२ गैँडा रहेको छ । जसमध्ये ६९४ गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।

Add a new comment