ग्लोबल मनि विक २०२४ अन्तरगत राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

ग्लोबल मनि विक २०२४ अन्तरगत राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा

मेरो आर्थिक मेरो आर्थिक चैत्र २५ गते २०८०

विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । २०८० फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो ।

प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत ७ गते साँझ ५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ ।

“Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएका छन् । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भए । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार रूपैयाँ, द्वितीयल २५ हजार रूपैयाँ र तृतीयले १५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष  Organization of Economic Cooperation and Development (OECD) को आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजन तथा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको सहसंयोजकत्वमा नेपालमा पनि मनाइने गरिएको छ ।

विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?