Skip to content
logo
माघ २३ गते २०८१ समयः

साँगामा सात वटा सवारीसाधन एकआपसमा ठाेक्किएर दुर्घटनामा

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १७ गते २०८१
साँगामा सात वटा सवारीसाधन एकआपसमा ठाेक्किएर दुर्घटनामा

काभ्रे । साँगामा सात वटा सवारीसाधन एकआपसमा ठाेक्किएर दुर्घटना भएको छ । बुधबार बेलुकी साँगाबाट बनेपा गइरहेका सवारी ठोक्किएका हुन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मोटरसाइकल र स्कुटर चालक घाइते भएका हुन् । घाइते हुनेमा बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक र बा प्र- ०२-०४४ प ०५७३ नम्बरको स्कुटर चालक रहेका छन् । उनीहरू पनौती-२ बस्ने ४८ वर्षीय प्रकाश सापकोटा र  बनेपा-५ की १८ वर्षीया देविना कर्मचार्य हुन्। हाल घाइतेको उद्धार गरेर उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको छ । 

साँगाको पुतली घर रिसोर्टको छेवैमा उक्त दुर्घटना भएको हो । राेकिएकाे एक ट्याङ्करमा गएर अन्य सवारी ठाेक्किदा दुर्घटना भएकाे थियाे। पहिले, तिव्र गतिमा बनेपा गइरहेको मालवाहक ट्रकले कारलाई ठक्कर दिएकाे थियाे । त्यसपछि सोही गतिमा गइरहेका सवारी एकआपसमा ठाक्किएका हुन् ।

यसैगरी, अन्य सवारीले ठक्कर दिएर मोटरसाइकल र स्कुटर रोकिएकाे ट्याङ्करमा गएर ठोक्किएका हुन्। एक मोटरसाइकल, एक स्कुटर, २ कार, १ बोलेरो गाडी र एक मालवाहक ट्रक दुर्घटना भएका हुन् ।

Add a new comment