Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

ताप्लेजुङमा बाढी पहिरोबाट पाँच जनाको मृत्यु, दर्जनौ परिवार विस्थापित

मेरो आर्थिक
मेरो आर्थिक
असार ३ गते २०८१
ताप्लेजुङमा बाढी पहिरोबाट पाँच जनाको मृत्यु, दर्जनौ परिवार विस्थापित

दिलकुमार लिम्बू । ताप्लेजुङ । निरन्तर वर्षाका करणले ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौ परिवार विस्थापित भएका छन् । गत बुधबार निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पु¥याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् ।
प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निेगरी घरमा क्षति पु¥याउँदा उहाँहरुको परिवारले विस्थापित हुनुपरेको प्रनाउ रावलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरुले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिव २ बजेतिर गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले बिस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र बीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका करिव तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको पनि कैलाश माबोले जानकारी दिनुभयो । यसैगरी याम्फदिनमा पनि दर्जन बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।
गत बुधबार यता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्य भइसेको छ । त्यस्तै ५५ वटा पुशु चौपाया मरेका छन् । यसरी मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।

Add a new comment