Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका केही  स्थानमा भारी  वर्षा

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १० गते २०८१
चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका केही  स्थानमा भारी  वर्षा

अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज दिउँसो कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी,  कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भने आज भारी  वर्षा हुने छ।

आज राति पनि कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका एक–दुई  स्थानमा भारी  वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

Add a new comment