Skip to content
logo
पौष ८ गते २०८१ समयः

प्रभु बैंक बिर्तामोड शाखामा ‘फिक्स डिपोजिट’ गरेको रकमको प्रमाण नक्कली रहेको दावी

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २१ गते २०८१
प्रभु बैंक बिर्तामोड शाखामा ‘फिक्स डिपोजिट’ गरेको रकमको प्रमाण नक्कली रहेको दावी

मञ्जु कुमारी नेपालले प्रभु बैंक लिमिटेड बिर्तामोड शाखामा ‘फिक्स डिपोजिट’ गरेको रकमको भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली भएको प्रभु बैँकले जनाएको छ । बैँकको कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आईतवार विज्ञप्ति जारी गर्दै केही दिन पहिले बिर्तामोडकी मन्जुकुमारी नेपालको बैँकबाट हराएको भनिएको एककरोड १७ लाख रुपैँयाको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको हो ।

बैंकले विज्ञप्ति जारी गर्दै बिर्तामोड निवासी मञ्जुकुमारी नेपालले ६ महिनाअघि एककरोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको भनेपनि कागजात नै नक्कली भएको जनाएको छ । प्रभु बैंक लिमिटडले नेपालले मुद्दति रसिदको रकम फिर्ता पाँऊ भनि पेश गरेको निवेदन बमोजिमको रकम सम्वन्धित शाखामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा मुद्दति रकम, ब्यालेन्स सटिफिकेट र स्टेटमेन्ट वैंकबाट जारी गरिएको नभई अनाधिकृत एवम् नक्कली रहेको प्रारम्भिक रुपमा देखिन आएको र सो सम्वन्धमा थप छानविन भइरहेको उल्लेख गरेको छ ।

साथै बैँकको नक्कली रसिद, भौचर र ब्यालेन्स सर्टिफिकेट जारी गर्नेको खोजी र छानविन भईरहेको र चाडै कार्वाही गरिने समेत बैँकले जनाएको छ । केहीदिन पहिले मात्रै झापा बिर्तामोडका टिकाराम नेपालले आफ्नी श्रीमती मन्जुको नाममा राखेको नगद बैँकबाट गायब भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

उक्त समाचार बाहिरिएसगै बैँकका मार्केटिङ्ग मेनेजर प्रमोद सिटौला फरार रहेको बताइएको छ। सिटौलाको अन्तिम मोवाईल लोकेशन काँकडभिट्टामा देखाएको कारण उनी भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Add a new comment